Section 6
केन्द्रको काम, कर्तव्य र अधिकार

यस ऐनमा अन्यत्र लेखिएको काम, कर्तव्य र अधिकारका अतिरिक्त केन्द्रको काम, कर्तव्य र अधिकार देहायबमोजिम हुनेछ :
(क) केन्द्रको उद्देश्य प्राप्तिका लागि आवश्यक नीति, योजना तथा कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गर्ने, गराउने,
(ख) हृदयरोगको रोकथाम, निदान, उपचार तथा हृदयरोगीको पुनस्र्थापनाका लागि आवश्यक उच्चस्तरीय स्वास्थ्य सेवा सर्वसुलभ रूपमा उपलब्ध गराउने,
(ग) हृदयरोगको रोकथाम तथा हृदयरोगीको पुनस्र्थापना कार्यको लागि राष्ट्रिय हृदयरोग निवारण तथा नियन्त्रण कार्यक्रम सञ्चालन गर्ने,
(घ) हृदयरोगको रोकथाम, निदान, उपचार तथा हृदयरोगीको पुनस्र्थापनाका लागि आवश्यक दक्ष जनशक्ति तयार गर्ने,
(ङ) केन्द्रको उद्देश्य पूरा गर्नको लागि हृदयरोग सम्बन्धी विषयमा उच्चस्तरीय अध्ययन, अनुसन्धान, सर्वेक्षण, गोष्ठी, सभा, सम्मेलन, सेमिनार आदि कार्यक्रमको आयोजना र सञ्चालन गर्ने तथा तत्सम्बन्धी राष्ट्रिय तथा अन्र्तराष्ट्रिय सभा, सम्मेलन, गोष्ठी, सेमिनार आदिमा सहभागी हुने,
(च) हृदयरोगको रोकथाम, निदान र उपचार तथा हृदयरोगीको पुनस्र्थापन सम्बन्धी कार्यको स्तर अभिवृद्धि गर्नको लागि स्वदेशी तथा विदेशी, सरकारी
तथा गैर सरकारी संस्थासंग सम्पर्क एवं समन्वय कायम राखी सो सम्बन्धमा राष्ट्रिय नीति, योजना तथा कार्यक्रम तयार गरी नेपाल सरकारमा पेश गर्ने,
(छ) हृदयरोगको रोकथाम, निदान र उपचार तथा हृदयरोगीको पुनस्र्थापन कार्यमा संलग्न निकायलाई प्राविधिक सहयोग प्रदान गर्ने,

(ज) हृदयरोगको रोकथाम, निदान, उपचार तथा हृदयरोगीको पुनस्र्थापन कार्यमा छात्रवृत्ति, पदक र पुरस्कार प्रदान गर्ने,
(झ) केन्द्रबाट प्रदान गरिने स्वास्थ्य सेवा, परामर्श सेवा, अनुसन्धान सेवा, प्रयोगशाला सेवा लगायतका विभिन्न सेवा बापतको शुल्क तोक्ने र प्राप्त गर्ने,
(ञ) केन्द्रको सञ्चालनको लागि नेपाल सरकार वा विदेशी सरकार वा राष्ट्रिय वा अन्तर्राष्ट्रिय संघ, संस्था, निकाय वा व्यक्तिबाट केन्द्रलाई आवश्यक पर्ने जिन्सी, वित्तीय, प्राविधिक तथा अन्य सहयोग प्राप्त गरी परिचालन गर्ने,
(ट) हृदयरोग सम्बन्धी स्वदेशी तथा विदेशी, सरकारी तथा गैर सरकारी संस्थाहरुसंँग सम्बन्ध स्थापना, विस्तार र सुदृढ गरी पारस्परिक सहयोग
आदान प्रदान गर्ने,
(ठ) राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा हृदयरोग सम्बन्धी विशेषज्ञ सेवाको आदान प्रदान गर्ने,
(ड) आवश्यकता अनुसार हृदयरोग सम्बन्धी घुम्ती स्वास्थ्य सेवा सञ्चालन गर्ने,
(ढ) हृदयरोग विरुद्ध तथा हृदयरोग सम्बन्धी स्वास्थ्य सेवाको उपयोगिता र उपादेयता बारे सूचना प्रवाह गर्ने, हृदयरोग सम्बन्धी स्वास्थ्य सेवा बारे
विभिन्न सामाग्रीहरु प्रकाशन गर्ने वा गराउने तथा जनचेतना जागृत गर्ने वा गराउने,
(ण) हृदयरोग सम्बन्धी स्वास्थ्य सेवामा सूचना प्रवाह र अनुसन्धान, प्रबन्धका लागि तोकिएको जिल्लाहरुमा नमूना सूचना एवं अनुसन्धान क्षेत्रको विकास गर्ने,
(त) केन्द्रको लागि आवश्यक वैज्ञानिक उपकरण, प्रयोगशाला, पुस्तकालय लगायत अन्य सुविधाको विकास, विस्तार तथा विविधिकरण गर्ने,
(थ) केन्द्रद्वारा सञ्चालित योजना तथा कार्यक्रमको आवधिक रूपमा पुनरावलोकन तथा मूल्याड्ढन गर्ने,
(द) केन्द्रले गरेका नीतिगत निर्णय र सोको कार्यान्वयनको सम्बन्धमा भएको प्रगति आवधिक रूपमा नेपाल सरकारलाई जानकारी गराउने,
(ध) केन्द्रको वार्षिक प्रतिवेदन नेपाल सरकारसमक्ष पेश गर्ने,

(न) केन्द्रको उद्देश्य पूर्ति गर्न अन्य आवश्यक कामहरु गर्ने, गराउने ।